Listen Live

हराउदै ढिकी, जाँतो र कोल
Posted On: Sep 01, 2016

हराउदै ढिकी, जाँतो र कोल

अछाम जिल्लाका ग्रामीण क्षेत्रमा आधुनिक बिद्युतीय तथा डिजेलबाट चल्ने मिल स्थापना भएपछि यहाँका परम्परागत ढिकी, ओखल, जाँतो, घट्ट र कोल लोप हुदै गएका छन । आधुनिक बिद्युतीय तथा डिजेल मार्फत चल्ने मिलको स्थापनासँगै परम्परा देखि कुटानी, पिसानी गर्न प्रयोग गरिने ढिकी, ओखल, जाँतो र घट्ट प्रयोगबिहीन बनेका हुन ।  
ग्रामीण भेगका टोलटोलमा कुटानी पिसानीका लागि मिलहरु प्रयोगमा आएपछि ढिकी जाँतो गर्ने चलन हराउन थालेको सोकट–७ की बैजन्ती बिकले बताइन । ‘पहिले खोलै पिच्छे घट्ट र घरघरमा ढिकीजाँतो हुन्थ्यो तर अहिले टोलटोलमा मिल हालिएको छ । ’उनले भनिन,‘कुटानी पिसानीका लागि मिलमा समय त बचत हुन्छ तर महंगो छ ।’ उनका अनुसार मिल स्थापना भएपछि मध्यरातमा उठेर कुटानी पिसानी गर्नुपर्ने बाध्यता हटेको छ ।
 तर, मिल संचालकहरुले बिभीन्न बहानामा महंगो भाडा असुल्ने गरेकाले निकै समस्या भैरहेको लुग्रा–९ कि मञ्जीता खड्काको गुनासो छ । ‘ढिकीजाँतोमै जोतिनुपर्ने पीडा घटेपनि अनाज कुटानी पिसानी बापत चर्को रकम तिर्नुपर्दा झन समस्या भएको छ ।’ बिगतमा ढिकी जाँतो गर्नुपर्ने बाध्यताकै कारण धेरैजसो किसोरीहरुले अधिकांस दिन बिद्यालयमा हिजिर हुन पाउदैनथे । ‘कुनै कुनै दिन त मध्यरातदेखि साँझ नपरुञ्जेल सम्म कुटानी पिसानीमै दिन जान्थ्यो, मंगलसेन नगरपालीका–९ कि तिलुदेबी रावलले भनिन्,‘ हामी त स्कूल जादा पनि ढिकीजातो गरेर मात्र कक्षामा पुग्नुपथ्र्यो ।’ अहिले त्यो बाध्यता भने हटेको छ । 
पहिले पहिले त किढीजाँतो, ओखल र घट्टमा कुटेपिसेको खानेकुरा स्वादिलो हुन्थ्यो तर हिजोआज मानिसको आधुनिक बिद्युतीय तथा डिजेलबाट चल्ने मिलमा आकर्षण बढ्दै गएकाले ग्रामीण भेगमा पनि ढिकी र जाँतो लोप हुदै गएको रावलको बताइन् । धेरैजसो स्थानियलाई ढिकिमा कुटेको चामल र जाँतोमा पिँधेको पीठो नै मीठो लाग्छ । ‘ढिकीको चामल र जाँतोको पीठोजस्तो मिलमा पिसेको त्यति स्वादिलो हुदैन् ।’ खप्तड–१ कि डिग्रादेबी रानाले भनिन्,‘ ढिकी जाँतोको स्वागद चाख्न नपाएको बर्षौ बितिसक्यो ।’
 ढिकीजाँतोमा कुटेपिँधेको खाद्यान्न खानाले मीठो हुनुका साथै स्वास्थ्यलाई पनि फाइदा हुने गरेको बुढापाकाहरु बताउछन । पबित्र कार्यका बेला देवीदेउतालाई चढाउने सामग्रीका रुपमा ढिकी र जाँतोमा नै कुटानीपिसानी गरेको चामल मात्र शुद्ध मान्ने प्रचलन रहेको धार्मीक क्षेत्रका अगुवा बिष्णुबहादुर खड्काले बताए । मन्दिरमा पूजाआजाका लागि शुद्ध र चोखो ढिकी र जाँतोमा पिँधेको मात्रै प्रयोग गर्ने गरेपनि आजकाल आधुनिक बिद्युतीय तथा डिजेलका मिल खुलेपनि मानिहरुले यसको खोजी गर्न समेत बिर्सेको उनको भनाई छ । एक दशक यता ढिकी, ओखल, जाँतो, घट्ट र तोरी पेल्ने कोलको अवस्था दुर्लभ बन्दै गएको बुढापाकाहरु बताउछन । 

Comments