Listen Live

सुदूरमा फस्टाउँदै दमाहा बाजा
Posted On: Oct 18, 2016

सुदूरमा फस्टाउँदै दमाहा बाजा

विवाह, ब्रतबन्ध र न्वारन प्राय रातिकै समयमा गर्ने चलनछ । त्यस्तोबेला धमारी, झोडा, भुवो, पुत्ला, होरी, रत्यौली खेलिन्छ । सुदूरपश्चिममा यी सबै बेला प्राय दमाहा प्रयोग गर्ने गरिन्छ । जतिनै राति भएपनि यसले पस्कने तालले समाजमा उज्यालो छरिरहेको हुन्छ ।
 पुस्तौ पहिले देखिकै चलन भएपनि यो व्यवसायले भर्खर–भर्खर नयाँ बाटो पहिल्याउँदै छ । बालिघरे प्रथाका रुपमा दमाई जातिका मानिसहरुले दमाहा बजाए वापत अनाज लिने परम्परा रहेको थियो । तर अहिले उनीहरुले एकै रातको करिब १५ देखि २० हजार रुपैयाँ सम्म लिने गरेको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष नरेन्द्र रावलले बताए । ‘उहिले माना पाथी भरेर अनाज दिइन्थ्यो,’ उनले भने,‘अब त रुपैयाँ नदिए आउनै मान्दैनन् ।’ 
जिल्लाभर सयौँको संख्यामा उनीहरुका समूह रहेको उनले बताए । मजदुरी गरेरै जिबनगुजारा चलाउदै आएका दमाई जातिका मानिसहरु व्यवसायीक रुपमै दमाहा बजाउन थालेपछि भने आम्दानी पनि बढेको छ । गाँउमै हुने सभा सम्मेलनमा समेत माग बढेपछि फुर्सद निकाल्नै मुस्कील भैरहेको ढकारी–१ का बिरु नेपालीले बताए । ‘जागिर नै पाए जस्तो भएको छ । अरु काम किन खोज्ने, सिजनमा त रातदिन फुर्सदै हुन्न्,’ उनले भने, ‘हामीले त भारत जान पनि छाड्यौँ ।’ 
पछिल्लो समय उनीहरु संस्थागत रुपमै यो पेशाको बिकासमा लागेका छन् । जिल्लाको पूर्बी क्षेत्रका गाबिसहरु ढकारी, ढुंगाचाल्ना, बलाता, रहफ, रानीबन, तुर्माखाद लगायत दुर्गम ठाँउमा पनि तोकेरै रकम लिने गरिएको छ । उनीहरुले एकरात दमाहा बजाए बापत ७ देखि ११ हजार सम्म लिनेगरेको स्थानिय जिबन बिकले बताए । मानिसको मृत्यु हुदा दाहासंस्कारको बेला समेत दमाहा बजाउने चलन रहेकाले त्यस्तो बेला भने बाटो खर्च मात्रै लिने गरिएको ढुंगाचाल्ना–३ का धनबहादुर दमाइको भनाई छ । ‘शुभ अशुभ सबै बेला माग हुन्छ,’ उनले भने,‘गाँउमै राम्रो आम्दानी भैरहेको छ ।’
सस्कृति बिद् नन्नकृष्ण जोशीका अनुसार सुदूरपश्चिमका ९ वटै जिल्लामा पंञ्जेबाजमा सबैभन्दा बढी दमाहालाई महत्व दिने गरिएको छ । आदिकालमा भगवान शिवले डमरुसँगै दमाहालाई पनि मन पराएपछि त्यतिबेला देखिनै यसको प्रचलन बढेको किम्वदन्ती रहेको छ । 

Comments