Listen Live

बालविबाहका कारण रित्तिदै बिद्यालय
Posted On: Sep 16, 2016

बालविबाहका कारण रित्तिदै बिद्यालय

अछाम जिल्लाका बिद्यालयहरुमा आधारभुत तहबाटै कक्षा खाली हुन थालेका छन । एक कक्षामा भर्नाहुने बिद्यार्थीको संख्या ८ कक्षा पुग्दासम्म बिचमै पढाइ छोड्न थालेपछि बिद्यालय नै रित्तिन थालेका हुन । तिनबर्षअघि ३ प्रतिशत रहेको बालबालीकाहरुको बिद्यालय छोड्ने दर बढेर झन्डै ५ प्रतिशत पुग्न थालेको छ । 
३ सय ५१ प्रावि, ७६ निमावि र ६३ मावि विद्यालयमा गरिएको सर्बेक्षण अनुसार औषत ४ दशमलव ८६ प्रतिशत बालबालीहरुले बिचमै कक्षा छाड्ने गरेको जिल्ला शिक्षा कार्यालयको तथ्यांकमा उल्लेखछ । पढ्दापढ्दै हराउनेमा छात्र भन्दा छात्राको संख्या बढ्दै गएको जयगढ स्रोतकेन्द्रका स्रोत व्यक्ति बृकेश बोगटीले बताए । ‘८ कक्षा नपुग्दै बिहे गर्छन्,’उनले भने,‘एसएलसी दिनेबेला सम्म त बिद्यलयमा जम्मै केटाहरु मात्रै देखिन्छन । १३÷१४ बर्ष उमेर पुग्यो कि छात्राहरुलाई टिकाउनै मुस्किल हुन्छ ।’ 
पढाइ छोड्दा उनीहरुको उमेर १५ बर्षपनि पुगेको हुदैन् । तर, एक अध्ययन अनुसार धेरैले कक्षा छोड्ने पहिलो कारण बालबिबाह हो । सदरमुकाममै रहेको शोडषा माबिमा अध्ययन गर्ने आधारभुत तहका कक्षामा थोरै संख्याका बिबाहित छात्रा पनि छन । तर बिहेपछि पढ्न पाउने सबै उनीहरु जस्तै भाग्यमानी भने हुदैनन् । 
‘बिबाह भयो कि प्राय छात्राहरु स्कूल जानै पाउदैनन्,‘ महिला तथा बालबालीका अधिकृत भगवती अर्यालले भनिन्,‘बालबिबाहकै करण महिलाहरुको अवस्था नाजुक छ ।’ छिटै बिहे गरेर हिंसामा परेका २५ हजार ५६ महिलाहरुलाई संगठित रुपमै आत्म निर्भर बनाउन थालिएको उनले बताइन् । १० देखि १४ बर्ष उमेर नपुग्दै बिबाह गर्ने बालबालीकाको संख्या ८ हजार ६ सय ७० छ भने १० बर्ष नपुग्दै बिबाह गर्नेको संख्या ८ सय ४८ पुगेको जिल्ला शिक्षा अधिकारी झंकरबहादुर बिष्टले बताए । ‘अभियानहरु निरन्तर जारी छन्,’ उनले भने,‘तर, बिद्यालय छोड्ने र बालबिबाह गर्नेको संख्या घटाउन सकिएको छैन ।’ 

Comments