Listen Live

भत्किँदै छन् ग्रामीण सडक
Posted On: Sep 14, 2016

भत्किँदै छन् ग्रामीण सडक

एक्कासी परेको मुसलधारे पानीले सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाका ग्रामीण सडकहरु बन्द भएका छन । स्तरोन्नतीको पर्खाइमा रहेका सडकहरु मंगलबार रातिदेखिको बर्षाले पूर्ण रुपमा बन्दभएका हुन । 
गाँउ गाँउमा सडक पु¥याउने होडबाजीका कारण सातैवटै जिल्लाका अधिकांस गाबिस सडक संजालसँग जोडिएका छन । तर, गुणस्तरमा खासै ख्याल नगरिदा सामान्य बर्षातमा पनि यात्रुहरुले सास्ती भोग्दैआएका छन । सदरमुकाम देखि कुनै एक गाबिस सम्म सडक खन्दा दर्जनबढी बस्तीहरु बिस्थापीत हुने गरेको दुनि गाबिसका सचिब खगेन्द्र खड्काले बताए । ‘जथाभावि डोजर चलाउदा पुरै जमिननै खल्बलीयो,’ खड्काले भने,‘ पानी प¥यो कि पहिरो गैहाल्छ, ‘तर, वास्ता कसैलाई छैन् ।’ 
कामको जसलिनकै लागि राज्यको कोष रित्याउदै एउटै गाँउमा पाँच वटा सम्म सडक खनिएको उनले बताए । जसका कारण पुस्तौदेखिका बस्तीहरु चिराचिरा परेका छन । अछाम सदरमुकाम मंगलसैन र मुख्य व्यापारीक केन्द्र साँफेबगरबाट गाँउ गाँउ सम्म पु¥याइएका सडक मुस्कीलले ४ महिना मात्र नियमित हुन्छन । डोटी, डडेल्धुरा, बैतडी, बझाङ र दार्चुलाको अवस्था पनि यस्तै छ । भरपर्दो सडक नहुदा छिमेकि जिल्ला बाजुराका स्थानियहरु अहिले पनि घण्टौ पैदल यात्रा गरेरै गन्तब्यमा पुग्छन । 
मुस्कीलले बर्षमा ६÷७ महिना गाडि चड्न पाइन्छ काँडा–१ बाजुराका तेजबहादुर सार्कीले बताए । ‘बादल लाग्यो कि सडकमा गाडि गुड्न छोड्न्, सदरमुकाम मार्तीडी सम्म आउने कच्ची सकड पनि एकदिन पानी परे महिनौ सम्मका लागि बन्द हुन्छ,’ उनले भने । बाजुरा सदरमुकाम सम्म अहिले पनि बस लगायतका ठुला गाडि जाने सडक छैन । निर्माण गरिएका सडकहरु पनि तोकिएको मापद्दण्ड अनुसार तयार नगरिदा अलपत्र अवस्थामा छन ।
 दुर्गमलाई पनि सडक संजालमा जोड्ने रहरकै कारण पैदालबाटो भन्दापनि सानो साइजका सडक बन्ने कार्यले तिब्रता पाएको काग्रेसका जिल्ला उपसभापति चन्द्रप्रसाद ढुंगानाले बताए । सयममै स्तरोन्नती नगरिदा दशैँतिहारका लागि घर फर्किनेहरुलाई झनै सास्ती हुनेदेखिएको छ । बर्षातले गर्दा साँफेबगर– पायल, साँफेबगर –बुढाकोट, जयगढ– नन्देगडा, साँफेबगर– मुजाबगर, मंगलसेन–बिनायक, गैरीटाड–कमलबजार–तुर्माखा, ढकारी–ढुंगाचाल्ना, मंगलसेन–सुवाखाद, मंगलसेन–वलीगाँउ लगायतका सबै सडकहरु बन्द भएका छन । 

Comments