Listen Live

प्रचारको अभावमा अछामका धार्मीक स्थलहरु
Posted On: Sep 01, 2016

प्रचारको अभावमा अछामका धार्मीक स्थलहरु

जिल्लामा दुई दर्जन बढी पर्यटकीय स्थल र साना ठुला गरि सयौ धार्मीक स्थलहरु छन । तर ती क्षेत्रहरुको प्रचार प्रसार हुन नसक्दा अहिले सम्म पर्यटकहरु भित्र्याउन सकिएको छैन । बिकासका दृष्टिकोणले जिल्लाका दुई नगरपालीका र ६२ गाबिसमा सजिलै जान सकिने अवस्था छ । 
भौतिक पूर्बाधार र प्रचार प्रसारकै कमीका कारण पर्यटकीय क्षेत्रबाट लाभ लिन नसकिएको स्थानिय बुद्धीजिबीहरु बताउछन । देशमै चर्चामा रहेको रामारोशन पर्यटकीय स्थल यस क्षेत्रकै राम्रो क्षेत्र मानीन्छ । स्थानिय जलबिद्युतका कारण बिजुलीको राम्रो सम्भावना तथा यातायातको सहज पहुचले सदरमुकाम आउन र जान कुनै समस्या नहुदा पर्यटकहरुलाई झन सजिलो हुने जिल्ला बिकास समितिका सूचना अधिकृत पदम माझीले बताए । 
कैलास, बुढीगंगा र स्थानिय सहायक खोलाहरुको किनारै किनार गन्तब्य मार्ग रहेकाले ठाँउ ठाँउमा रिर्सोट स्थापनाको सम्भावना पनि उत्तिकै देखिएको उनको भनाई छ । अहिले सम्मको अवस्था हेर्दा रामारोशन क्षेत्र सँगै नेपालको चार धाम मध्यको एक वैद्यनाथ धाममा पनि वर्षेनी अपेक्षा अनुसार पर्यटकको आगमन हुन नसकेको बेदबिद्याश्रम बैद्यनाथका राजेश जोसीले भने । सेती लोकमार्ग र साँफेबगर साना शहर योजनाले पूर्णता पाए एक दिनमै दर्शन गरेर कैलाली र नेपालगंज सम्म पुग्न सकिने भएकाले पनि यसक्षेत्रको महत्व थप बढ्नसक्ने उनको अनुमान छ । 
धार्मीक स्थलहरुमा विभिन्न महत्वपुर्ण चाडपर्वको बेला पुजाआजाका लागी कार्यक्रमको आयोजना गर्ने गरीएको भएपनि तुलनात्मक रुपमा प्रचार प्रसारमा जोड दीएको पाइदैन । प्राकृतीक रुपमा सुन्दर हुनुका साथै बुढीगंगा नदी कीनारमा अवस्थीत वैद्यनाथ मन्दीरमा चाडपर्वका बेला पश्चिम नेपालका जिल्लाहरु सहित भारतका विभिन्न ठाउँबाट पनि भक्तजनहरु आउने गर्दछन् । तर धार्मीक समयमा बाहेक अरु बेला पनि आन्तरीक पर्यटनहरुको आगमन नहुनु प्रचार प्रसारको कमी भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गिरीको बुझाई छ । 
जिल्लामा कति पर्यटक आए भन्ने  तथ्यांक कुनै निकाय सँग नभएको भन्दै त्यसका लागि राज्यले पनि बलियो व्यवस्था गर्नुपर्ने गिरीको भनाई छ । प्राकृतीक रुपले शुन्दर मानीले रामारोशन क्षेत्रमा पनि पर्यटन आर्कषण गर्न सकीएको छैन । अवलोकनका लागी उत्कृष्ट भएपनि प्र्रचार प्रसारको अभाव र विकास निर्माणमा ध्यान नदीदा रामारोशन पर्यटकीय स्थल ओझेलमा पर्न गएको हो । 
रामारोशन क्षेत्रमा १२ बन्ड १८ खन्ड, ताल, फाँट, दुर्लभ वनस्पती, दुर्लभ बन्यजन्तु र बाह्रै महिना हीउ परेका हीमालहरुको नजीकबाट अवलोकन गर्न सकीने केही आन्तरीक पर्यटकहको अनुभव छ । वैद्यनाथ द्याम र रामारोशन क्षेत्र लगायत खप्तड क्षेत्रको द्धारका रुपमा पनि अछाम जिल्लालाई चीन्ने गरीन्छ । 
सदरमुकाम मंगलसेन र प्रस्ताबित  साँफेबगर साना शहरलाई केन्द्रबिन्दु बनाएर अवलोकनमा जान सकिने बैद्यनाथ, रामारोशन, खप्तड, तितौडा, पञ्चदेवल र अन्य धार्मीक तथा पर्यटकिय क्षेत्रको बिकासका लागि राज्यले पनि कुनै पहल नगरेको जिल्लाबासीको गुनासो छ । 

Comments