Listen Live

हाम्रो वारेमा

समुदायका सबै बर्गले सार्वजनिक सरोकारका सवालहरुमा सुचित हुन पाउने जनताको अधिकार जनताकै आवाज बोल्ने संचार माध्यमको रुपमा (समुदायिक) रेडियो सोसाइटी एफएमको स्थापना विक्रम सम्बत २०६९ साल फागुन २५ गते भएको हो । 

अछाम जिल्ला लगायत समग्र सुदूरपश्चिम क्षेत्रको सर्वपक्षीय हित र पत्रकारिता क्षेत्रको मर्यादालाई उँचो राख्न, सरकारले लागू गरेको ऐन नियम, रेडियो संचालक संस्था सामुदायिक संचार अभियान नेपालको विधान, पत्रकार आचारसंहिता, निर्वाचनसम्बन्धी रेडियो प्रसारकहरूको आचारसंहिता अनुकूल रही रेडियो सोसाइटी एफएमले निरन्तर रुपमा समुदायलाई निष्पक्ष, सत्य, स्वतन्त्र सूचना तथा जानकारी प्रस्तुत गर्दैआएको छ । शान्ति, विकास र लोकतन्त्रका लागि प्रतिवद्ध रेडियो सोसाइटी एफएमले नागरिकको गुणस्तरीय सूचना प्राप्त गर्ने हकको सम्मान गर्दछ । हामी उनीहरूमा सकारात्मक सोचको विकास होस् भन्ने चाहन्छौँ ।   हाम्रो समाचार स्वतन्त्र, स्पष्ट, निष्पक्ष, दुरुस्त, पूर्ण, सकारात्मक सोचको विकास गर्ने खालको र इमान्दार हुनुपर्छ भन्ने यस रेडियोको मान्यता हो ।

हामी जसका बारेमा कुरा गर्छौ उनीहरूलाई सम्मान गर्छौ र हामी जोसँग कुरा गर्छौ उनीहरूलाई पनि सम्मान गर्छौ । रेडियो फिचर, अन्र्तवार्ता, बहस, जनचेतनामुलक सन्देश, खोजमुलक सफताका कथा र मनोरञ्जनात्मक कार्यक्रमको माध्यमबाट हामी समाज रुपान्तरणमा कहिल्यै नथाक्ने गरी लागिरहेका छौ । यस रेडियोको प्रशारण पहुच भित्रका अछाम सहित डोटी, डडेल्धुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला, सुर्खेत र कैलाली तथा हामीलाई इन्टरनेटको माध्यमबाट देश बिदेशमा सुन्ने सबै स्रोता प्रति हामी समान व्यवहार गर्छौ । ८९ मेगाहर्ज र www.societyfm.com.np बाट हामीलाई दैनिक साढे १८ घण्टा सुन्न सकिन्छ ।

 उद्देश्य
निष्पक्षः– हामी व्यक्तिगत आस्था र विचारधाराको प्रभावरहित भएर कुनै पनि विषयका सबै महत्वपूर्ण विचार तथा विवरण प्रस्तुत गछौ ।
सत्यः– हामीले प्रस्तुत गर्ने तथ्यहरू अवश्य पनि सत्य हुने छन् र तथ्यलाई उपयुक्त सन्दर्भमा समेत प्रस्तुत गर्नेछौ ।
स्वतन्त्रः– हामी मानवअधिकार र प्रसारण तथा अभिव्यक्ति स्वतन्त्रता बाहेक कसैको पनि समर्थन वा विरोध गर्दैनौ । व्यक्तिगत लाभको भावनाले अभिप्रेरित हुदैनौ । श्रोताको मूल्याङ्कनमा सम्पादकीय स्वतन्त्रतालाई जोगाउनु हाम्रो कर्तव्य हुनेछ ।
ईमान्दारः– हामी कुनैपनि विषयमा गलत जानकारी दिदैनौ । कसैलाई पनि झुक्याउँदैनौ । हामी जबर्जस्ती समाचार बनाउँदैनौ । तर नागरिकको जीवनलाई छुने जुनसुकै विषय पनि हाम्रो समाचार अथवा कार्यक्रमको विषय बन्न सक्छ । समाचार र कार्यक्रम तयार पार्दा सबैको सम्मान गर्छौ, समान व्यवहार गछौ, यो हाम्रो प्रतिबद्धता हो ।

हामी कुन सिद्धान्तमा रहेर काम गर्छौ ?
(क) सेवामुखी संगठन संगै सामुदायिक स्वामित्व र सहभागिता अभिवृद्धि
(ख) समुदाय र यसको विश्वासको अधारमा संस्थागत र दिगो विकास
(ग) स्थानियता,अवसरमा समानता र सामाजिक न्याय
(घ) मानव अधिकार र प्रजातान्त्रिक सशक्तिकरण
(ङ) विकासमुलक संघ संस्थासँगको सहकार्य र हातेमालो
(च) धर्म,लैङ्गिक र जातिय समानता
(छ) जनवकालत र सामुदायिक सशक्तिकरण
(ज) सामाजिक सहमती र आत्म निर्भरता

लक्षित क्षेत्र र वर्ग 
प्रसारणले ओगटेको क्षेत्र भित्रका आर्थिक, सामाजिक तथा मानविय दृष्टिले पछाडि परेका वर्ग ।

 

के कस्ता कार्यक्रम प्रसारण गरीन्छ ?
सामुदायिक विकास मानविय क्षमतामा भर पर्छ र त्यो क्षमताको विकास संचार सुचनाद्धारा हुन्छ । यसैलाई ध्यानमा राखी चेतना बढाउने विविध कार्यक्रम प्रसारण गरीन्छ । यस संगठन भित्रका पत्रकार तथा तालिम प्राप्त रेडियो कर्मीहरुले समुदायसँगै मिलेर काम गर्ने हुदा समुदाय भित्रका श्रमिक देखि नीती निर्माण तहसम्म सबै वर्गका आवाजलाई समेटेर कार्यक्रमहरु तयार गर्छन । सबै कार्यक्रमहरु श्रोताप्रति जवाफदेहि हुन्छन । कार्यक्रमका अन्र्तवार्ता, स्थलगत रीपोर्ट, टेलिफोन वार्ता, जिल्लाका विभिन्न धार्मीक, साँस्कृतिक कार्यक्रम, उद्योग व्यापार मेला, स्थानिय चाडपर्व, मेला र भेलाका प्रत्यक्ष प्रसारण गरीन्छ । श्रोता न्यायाधिस हुन भन्ने ध्यानमा राखेर प्रतिनिधि, सँगी समुह, शिक्षक, विद्यार्थी, किसान, सामाजिक प्रतिष्ठा एवं सिप, क्षमता र अनुभव भएकाहरुको नौला कुरालाई महत्व दिई थोरैबाट धेरैमा जानकारी गराईन्छ । सुचना र शिक्षा मुलक कार्यक्रममा करिब ६० प्रतिशत र मनोरञ्जनात्मक कार्यक्रमका लागी ४० प्रतिशत समय छुट्याईएको छ । कार्यक्रमलाई निम्नानुसार बाडिएको छ ।
(क) शिक्षामुलक  
 धर्म, सँस्कृती, साहित्य, कृर्षि, वन, वातावरण, बाल, महिला, प्रौढ, युवा सम्बन्धि कार्यक्रम, स्वास्थ्य, सरसफाई, शिक्षा, व्यवसाय, रोजगारी, खृदकुद, लैङिक मुद्दाहरु, उत्पिडित, दलित र आदिवासी जनजातीसँग सम्बन्धित आर्थिक तथा सामाजिक कार्यक्रम, महिला सशक्तिकरण, प्रजातन्त्र, मानव अधिकार, सुशासन, द्धन्द न्युनिकरण र ताजा जनसरोकारका कार्यक्रमहरु, स्थानिय साझा समस्यालाई समाधान गर्न सहयोग गर्ने ।
(ख) सुचनामुलक 
स्थानिय समाचार, तत्कालैका घटनाहरु, रेडियो रीपोर्ट, रेडियो नेपालको नेपाली समाचार, काठमाण्डौका ताजा रीपोर्टको दैनिक सिधै प्रसारण, विकास कार्यक्रम, बस यात्रा समय तालिका, हस्पिटलहरुमा रोगीहरुको भर्ना र उपचार, दैनिक तरकारी बजार मुल्य, दैनिक औपचारिक सभा समारोह र भेलाको जानकारी सार्वजनिक सुचना, मानिस वा सामान हराएको वा भेटाएको जानकारी, प्राकृतिक प्रकोप, दुर्घटना, जन्म, मृत्यु, विवाह, शुभकामना जानकारी आदी ।
(ग) मनोरञ्जनात्मक 
स्थानिय देउडा, लोकगित, नेपाली गित संगित, विभिन्न भाषा भाषाीका गितहरु, रेडियो नाटक आदि । मानविय र सामाजिक विकास स्थानीय समुदायको चेतनामा भर पर्छ, चेतना संचारमा भर पर्छ । र एक्काईसौ शताब्दिमा चेतना फैलाउने भरपर्दो माध्यम संचार नै हो । 

                                               आउनुहोस्, सूचनाको हकको क्षेत्रमा सँगै मिलेर काम गरौं । 

 

On Air
पिरतीका जाल
Time: 11:10
Up Next
नेपाल खबर
Time: 12:00
बिज्ञापन